गठबन्धनले बैशाख २३ गते काठमाडौंमा चुनावी सभा गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनले बैशाख २३ गते शुक्रबार दिनको १ बजे काठमाडौंमा केन्द्रीय तहको चुनावी सभा गर्ने भएको छ । यसअघि सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको गठबन्धनले अघिल्लो निर्णय संशोधन गर्दै केन्द्रीय तहको एउटा मात्र सभा काठमाडौंमा गर्ने भएको हो ।

बुधबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजगत्वमा बसेको स्थानीय तहको निर्वाचन लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी तथा अनुगमन गर्ने संयन्त्रले केन्द्रीय तहमा मात्र चुनावी सभा गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कार्याक्रम काठमाडौंमा मात्र गर्ने निर्णय गरेको संयन्त्रले अन्य चुनावी सभाहरु आवश्यकताका आधारमा गठबन्धनका दलहरुले स्थानीय तहमै गर्नसक्ने समेत निर्णय गरेको छ । काठमाडौंमा आयोजना हुने केन्द्रीय तहको चुनावी सभालाई गठबन्धनम आवद्ध दलका शीर्ष नेताले सम्बोधन गर्ने संयन्त्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया