‘छिटको सारी’ मा आकाश र कविता (भिडियो )

काठमाडौं । गायक लक्ष्मण गुरुङको सुमधुर स्वरमा रहेको ‘छिटको सारी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  डान्सीङ भर्सनको गीतमा प्रेम पाण्डे (अनुपम) को शब्द, संगीत रहेको छ ।  यस गीतलाई साहस शाक्यले संगीत संयोजन गरेका हुन् ।

नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोमा दिपक एम सिंहको कोरियोग्राफी रहेको छ ।  भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।  म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र कविता बिस्ट फिचर्ड छन् ।  श्याम लामाको निर्देशनमा भिडियो  तयार पारिएको हो ।  जेबिआर स्टुडियोको प्रस्तुति रहेको यस भिडियोलाई ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 

 

प्रतिक्रिया