कालीकोटका ९ वटै पालिकामा विप्लव नेतृत्व नेकपाको उम्मेदवारी

सुर्खेत । चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले कालीकोटका ९ वटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व संविधानसभा सदस्यहरूसमेतले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

कालीकोटको नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा एटम विसी र उपाध्यक्षमा कलशा विकले उम्मेदवारी दर्ता गराएका छन् । विसी सो पार्टीका केन्द्रीय सदस्य हुन् भने विक सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माकी भाइबुहारी हुन् ।

रास्कोट नगरपालिकामा धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्याय २०६४ सालको संविधानसभाको सदस्य हुन् ।

खाँडाचक्र नगरपालिकाको प्रमुखमा हस्त विक, तिलागुफा नगरपालिकामा रमेश चदारा प्रमुखमा र उपप्रमुखमा धनराज शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

पचालझरना गाउँपालिकाको अध्यक्षमा नेकपा जिल्ला सचिव मनिलाल ऐडीले, विनीत सिंह तिरुवाले उपाध्यक्ष, पलाता गाउँपालिकामा पदम विक अध्यक्ष, महावै गाउँपालिकामा धनबहादुर सिंह, शुभकालिका गाउँपालिकामा मनिश विक र सान्नी त्रिवेणी गाउँपालिमामा रुपसिंह बोहोराले उम्मेदवारी दिएका छन् ।

चुनावलाई उपयोग गरेर जाने नीतिअनुसार नै उम्मेदवारी दिएको जिल्ला सचिव मनिलाल ऐडीले बताए । कालीकोट प्रवक्ता खड्कबहादुर विश्वकर्माको गृहजिल्ला हो ।

प्रतिक्रिया