धनगढीको मेयरमा १० जनाको उम्मेदवारी, उपमेयरमा ७ जना

धनगढी । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत धनगढी उप महानगरपालिकाको मेयर पदमा १० र उपमेयर पदमा सात जनाको उम्मेदवारी परेको छ । धनगढी उपमहानगरपालिकाका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार धनगढीको मेयरमा तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा व्यवसायी गोपाल हमाल, मदन केष्ण भट्ट र उद्धवराज पन्त रहेका छन् ।

यसैगरी सत्तारुढ गठबन्धन दलका तर्फबाट नृपबहादुर वड, नेकपा एमालेका तर्फबाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट वसन्तबहादुर विक, सचेत नेपाली पार्टीको तर्फबाट भारती थापा, नागरिक उन्मुक्ति पार्टीबाट निमकुमार चौधरी, जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट खगेन्द्र ऐर र राष्ट्रिय जनमोर्चाकी अञ्चना श्रेष्ठले मेयरमा उम्मेदवारी दिएका हुन् ।

मुख्य निर्वाचन अधिकृत पनेरुका अनुसार धनगढी उपमहानगरपालिकाको उपमेयरमा प्रभाकर भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यसैगरी सत्तारुढ गठबन्धन दलका तर्फबाट धनगढीको उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी, नेकपा एमालेका तर्फबाट कन्दकला कुमारी राना, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट दुर्गादत्त पन्त, विवेकशील साझा पार्टीका तर्फबाट विमला पन्त, नेपाल परिवार दलका तर्फबाट विष्णुकुमारी बिक र नागरिक उन्मुक्ति पार्टीका तर्फबाट सावित्री देवी चौधरीले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत पनेरुले बताए ।

धनगढीमा प्रमुख दलबाट क–कसले दिए उम्मेदवारी

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता भएको छ । धनगढीको मेयरमा उप मेयर र वडा अध्यक्षमा प्रमुख दलहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

 

सोमबार गरेको मनोनयन अनुसार धनगढीमा प्रमुख पार्टीका उम्मेदवार यस प्रकार छन् । 

नेपाली कांग्रेस

धनगढीमा सत्तारुढ गठबन्धनका तर्फबाट मेयर पद कांग्रेसले पाएको थियो । सो अनुसार मेयरमा नृपबहादुर वडले उम्मेदवारी दिएका छन् । कांग्रेसका तर्फबाट वडा अध्यक्षमा मनोनयन गराएका उम्मेदवारको विरण यस प्रकार छ ।

वडा नम्बर–१ सन्तोष मुडभरी, २ धर्मराज ओझा, ३ राजबहादुर ऐर, ४ बुद्धि खड्का, ५ गजेन्द्र शाही, ६ डण्डी सुवेदी, ७ सीताराम राना, ८ देवराज जोशी र वडा नम्बर–९ बाट प्रेम भण्डारीले उम्मेदवारी दिएका छन् । यसैगरी नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर–१० मा राजेन्द्र राना, ११ मा श्याम विष्ट, १२ मा डवल थापा, १३ मा विजयराज जोशी, १४ मा मानबहादुर विष्ट, १५ मा सुकदेव राना, १६ मा खेम चन्द, १७ मा माधव राना, १८ मा कुम्भ गिरी र १९ मा बाजु चौधरीले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

नेकपा एमाले

धनगढी उप महानगरपालिकामा एमालेका तर्फबाट मेयरमा रणबहादुर चन्द र उप मेयरमा कन्दकला कुमारी रानाले उम्मेदवारी दिएका छन् । एमालेका तर्फबाट वडा नम्बर–१ को अध्यक्षमा ज्ञानेन्द्र मल्ल, २ मा विष्णु परी, ३ मा पार्वती सिंह, ४ मा तीर्थराज जोशी, ५ मा भीमलाल जोशी, ६ मा इश्वरीजंग बम, ७ मा मोती राना, ८ मा जुगराम चौधरी, ९ मा नवीन कोली र १० मा शिवकुमार रानाले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । यसैगरी वडा नम्बर–११ मा रूपबहादुर कुँवर, १२ मा शेरबहादुर महरा, १३ मा जगदीश राना, १४ मा कृष्ण पाण्डे, १५ मा गोरे कुञ्जेडा, १६ मा भागिराम चौधरी, १७ मा दीपेन्द्र घर्तिमगर, १८ मा भुवन रिजाल र वडा नम्बर–१९ मा तिलुराम चौधरीले उम्मेदवारी दिएका छन् ।

नेकपा माओवादी केन्द्र

गठबन्धन दलको निर्णय अनुसार धनगढी उपमहानगरपालिकाको उप मेयरमा नेकपा माओवादी केन्द्रकी नेतृ शान्ति कुमारी अधिकारीले उम्मेदवारी दिएकी छन् ।

माओवादी केन्द्रका तर्फबाट धनगढी उपमहानगरपालिका–१ को वडा अध्यक्षमा यदु सुनार, २ मा डम्बर सुनार, ३ मा सुन्दरलाल धामी, ४ मा आशिष् बम, ५ मा रुपलाल चौधरी, ६ मा भागीराम चौधरी, ७ मा इन्द्र चौधरी, ८ मा विश्वजित चौधरी, वडा नम्बर ९ मा बलबहादुर विकले उम्मेदवारी दिएका छन् ।

यसैगरी वडा नम्बर १० मा माओवादीले कांग्रेसलाई सघाउने निर्णय गरेको छ । वडा नम्बर ११ मा गंगारामा राना, १२ मा खडक भट्ट, १३ मा टेकसिंह धामी, १४ मा कृष्ण गिरी, १५ मा फुलराम चौधरी, १६ मा रामलाल चौधरी, १७ मा रामबहादुर चौधरी, १८ मा मुरारी अधिकारी र १९ मा हरिचन्द्र चौधरीले वडाध्यक्षको टिकट पाएका छन् ।

 

एकीकृत समाजवादी पार्टी

सत्तारुढ गठबन्धनको सहमति अनुसार धनगढी उपमहानगरपालिकामा एकीकृत समाजवादी पार्टीले मेयर र उपमेयर पदमा उम्मेदवारी दिएको छैन । एकीकृत समाजवादी पार्टीका धनगढी नगरकमिटी अध्यक्ष मदन रेग्मीका अनुसार सो पार्टीले धनगढीका वडामा भने अध्यक्षसहित उम्मेदवारी दिएको छ ।

उनका अनुसार धनगढी–१ को वडा अध्यक्षमा लाल बहादुर सुनार, २ मा सुरेन्द्र खत्री, ३ मा ओम चन्द, ४ मा तारा कलेल, ५ मा सुजितराज शर्मा, ६ मा दिलीप भण्डारी, ७ मा एकम छेडाल, ८ मा नारायण विष्ट, ११ मा गीता खड्का, १३ मा पवित्रा बोहरा, १४ राम बजारी चौधरी, १६ मा दिलबहादुर बोहरा, १७ मा पुष्प राना, १८ मा मानबहादुर थापा र १९ मा गगन कुञ्जेडाले उम्मेदवारी दिएका छन् ।  गठबन्धनको केन्द्रीय मर्म अनुसार धनगढीका वडामा तालमेल गर्नुपर्ने भए पनि कांग्रेस र माओवादी केन्द्र भावना विपरीत अघि बढेको उनले बताए । उनका अनुसार आगामी दिनमा कसरी जाने भनेर मंगलबार छलफल हुने छ । (मोहन जोशी/न्युज कारखाना)

प्रतिक्रिया