उम्मेदवारी दर्ताका दिननै मुख्य दलबीच शक्ति प्रर्दशनमा घम्साघम्सी

काठमाडौं । स्थानीय निर्वाचनको उम्मेदवारी दर्ताका क्रममा मुख्य राजनीतिक दलबीच शक्ति प्रर्दशनमा घम्साघम्सी देखिएको छ । उम्मेदवारी दर्ताको अन्तिम दिन सोमबार विशेष गरी मुख्य दलहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले यस पटक आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आईतबार र सोमबार दर्ताको समय तोकेको थियो । आईतबार चुपचाप रहेका मुख्य राजनीतिक दलहरु सोमबार भने तामझामका साथ उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।

विशेष गरी मुख्य राजनीतिक दलहरु एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपाका उम्मेदवारहरु कार्यकर्ताको जुलुससहित उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।

सोमबार यसरी दर्ता गर्नेमा काठमाडौं, महानगरपालिकामा एमालेको प्रमुखमा केशव स्थापित, उपप्रमुखमा सृजना डंगोल, गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी सृजना सिंह लगायत थिए ।

त्यसैगरी ललितपुर महानगरपालिकामा प्रमुखका लागि एमालेबाट हरिकृष्ण ब्यान्जनकारले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी भरतपुर महानागरपालिकामा एमालेको तर्फबाट प्रमुखमा विजय सुवेदी, माओवादी केन्द्रका तर्फबाट प्रमुखमा रेनु दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया