काठमाडौं महानगरमा एमालेले दर्ता गरायाे उमेदवारी

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)ले उमेदवारी दर्ता गराएको छ । पार्टीको तर्फबाट मेयरमा निर्वतमान वाग्मती प्रदेशसभा सांसद केशव स्थापितले उमेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा सुनिता डंगोलले उमेदवारी दर्ता गराएकी छन् । उनी पूर्व मिस नेवा हुन् ।

काठमाडौं महानगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचन एमालेले जितेको थिाये । राप्रपासँग गठबन्धन गरेर चुनाव लडेको एमालेबाट विद्यासुन्दर शाक्य मेयर बनेका थिए । आसन्न स्थानीय तह निर्वाचनका लागि आइतबारबाट मनोनयन दर्ता जारी छ । साँझ ५ बजेसम्म मनोनयन दर्ता गराउने समय निर्वाचन आयोगले दलहरुलाई उपलव्ध गराएको छ ।

प्रतिक्रिया