विराटनगरको मेयरमा कांग्रेसबाट नागेश कोइराला उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई मेयरको टिकट दिएका हुन् ।

मेयरको उम्मेदवारका लागि वर्तमान मेयर भीम पराजुली, केन्द्रीय सदस्यद्धय अमृत अर्याल र डिला संग्रौलाको पनि दाबेदारी थियो । अर्याल र संग्रौला देउवा समूहका हुन् भने पराजुलीलाई कृष्ण सिटौलाको साथ थियो । नागेश भने डा. शेखर कोइराला निकट हुन् ।

प्रतिक्रिया