‘नयाँ युगको पदचाप’ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदाको समयमा संसद् र संसदीय समितिलगायत स्थानमा प्रस्तुत मन्तव्य संकलन गरिएको ग्रन्थ हो । अध्यक्ष प्रचण्डको दशौं पुस्तकका रूपमा प्रकाशित यो ग्रन्थ २०७७ असोजमा बाहिर आएको हो । २०६३ सालको ऐतिहासिक परिवर्तनपछि प्रकाशित गणतन्त्रको पहिलो दशक र नयाँ युगको पदचाप समकालीन राजनीतिलाई चियाउने दस्तावेजको रूपमा लिन सकिन्छ । रापतापसहित अन्तरिम संसद्मा उपस्थित तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को राजनीतिक भूमिका र नेतृत्व कुन हिसाबले निर्णायक र सीमासहितको रह्यो भन्ने बुझ्न यो ग्रन्थले सहयोग पु¥याउँछ । २०६५ सालको पहिलो संविधानसभामा सबैभन्दा ठूलो पार्टीको रूपमा स्थापित रहेको माओवादीका अध्यक्ष प्रचण्डले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा तय गरेको सरकारको ‘नीति तथा कार्यक्रम’ र त्यस कार्यक्रमअनुरूप तय भएका विकास योजनाको प्रारम्भिक पक्षबारे पनि पुस्तकमा समेटिएको छ ।
तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले पेस गरेको सरकारको नीति तथा कार्यक्रम २०६५ अनुरूप कस्ता–कस्ता कार्यक्रमहरू सरकारले ल्यायो अनि झण्डै नौ महिनामा के–के काम गर्न सकियो भन्ने फेहरिस्त यहाँ पहिलो प्राथमिकतामा राखिएको रहेको छ । दुईतिहाइभन्दा बढी संविधानसभा सदस्यको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले संसदमा सम्बोधन गरेका जम्मा १४ ओटा भाषणको पूर्ण पाठ पनि यसमा समावेश गरिएको छ । पार्टीले सत्ताको नेतृत्व गरेपछि पार्टीभित्र बढेको असन्तुष्टि र त्यसलाई व्यवस्थापन गर्नुपरेको सकसको पक्ष रोचक ढङ्गले पुस्तकबाट बुझ्न सकिन्छ । देशका आम नागरिकले गरेको अपेक्षा र सरकारमा रहँदाको कार्यशैलीले के–कस्ता असहज घटना पैदा भए । राष्ट्रपतिले कार्यकारी प्रमुख जसरी सेनापतिलाई थमौती गरेपछि नैतिक र राजनीतिक हिसाबले अध्यक्ष प्रचण्डमाथि ठूलो दबाब प¥यो । फलस्वरूप सरकारको प्रमुखबाट राजीनामा दिएर प्रतिपक्षमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले अख्तियार गरेको रणनीतिले २०७० सालको दोस्रो संविधानसभाको चुनाव गम्भीर फुटबाट व्यहोर्नु प¥यो । पहिलो दलबाट तेस्रो दलमा पुगेको पार्टीको संसदीय अनुभवहीनता र जनयुद्ध लडेको पार्टीको खुल्ला सङ्गठन निर्माण र सञ्चालनमा देखिएका कमजोरीले संविधानसभामा स्थापित विचारलाई सम्पादन गर्न गाह्रो भएको पक्ष यस पुस्तकमा राम्ररी पढ्न पाइन्छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) कमजोर बनाउन लागेका घरेलु र बाह्य शक्तिलाई आफ्नै पार्टीका फुटपरस्त नेताहरूले गरेको गतिविधिले सहयोग पु¥यायो । एकातिर संविधानसभाको दोस्रास् चुनाव बहिष्कार गरेर बाहिर रहेको वैद्य निकट माओवादी अर्कोतर्फ दोस्रो संविधानसभामा पहिलो शक्ति नेपाली काङ्ग्रेस र दोस्रो शक्ति नेकपा एमाले पहिलो संविधानसभामा भएको सहमतिलाई समेत उल्ट्याउने काम गरे । जसका कारण शताब्दीयौंदेखिको दलनमा रहेका आम नागरिकको आवाज संविधानमा पूर्ण रूपमा मुखरित हुन पाएन । यही बीचमा २०७२ बैशाखमा आएको महाभूकम्पले जनताको जीवनलाई चौपट्ट बनायो । भूकम्पले पु¥याएको क्षतिमा मलमपट्टि लगाउने र संविधान दिई छाड्ने प्रतिबद्धता गरेको प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले खेलेको निर्णायक भूमिकाबारे पनि पुस्तकमा जानकारी लिन पाइन्छ । लाखौं नेपालीको गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता र समावेशी–समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई आंशिक रूपमै भए पनि संविधानमा समावेश गरेर २०७२ असोजमा संविधान घोषणा भएपछिका दिनहरूको चर्र्र्चासमेत यस पुस्तकको मुख्य आकर्षण हो ।
राष्ट्रपति, सभामुख र प्रधानमन्त्री मुख्य तीन पार्टीले मिलेर लिने अनि निर्मित र घोषित संविधानको पूर्ण कार्यान्वयन गर्ने सहमतिमा तत्कालीन पहिलो पार्टी नेपाली काङ्ग्रेसले असहमति जनाएपछि थपिएको जटिलता र बनेको केपी शर्मा ओली नेतृत्वको सरकारको चर्चासमेत यहाँ गरिएको छ । समय विभाजन गरेर आधा–आधा प्रधानमन्त्री हुने अनि स्थानीय, प्रदेश र सङघको चुनाव गर्ने मात्र होइन सङ्घीयताको मर्मअनुरूप कानुन निर्माण गर्ने बाटोमा केपी ओलीले आफ्नो समय सीमा सकिएपछि पनि सत्ता छोड्न नमानेका कारण ८ महिना प्रधानमन्त्री भई स्थानीय निकायको पहिलो चरणको चुनाव गराउन परेको सकस प्रचण्डको सम्बोधनमा सहजै पढ्न पाइन्छ ।
नीति, विधि र आलोपालोमा प्रतिबद्ध अध्यक्ष प्रचण्डले नेपाली काङ्ग्रेससँग गरेको सम्झौताअनुरूप सरकार छाड्दा छोटो अवधिमा गरेका राजस्व संकलन र आर्थिक वृद्धिदर प्रशंसा गर्न लायक रहेको छ । १८ घण्टासम्म लोडसेडिङको मारमा परेका नेपाली जनतालाई लोडसेडिङमुक्त अवस्था दिनसमेत सफल भएको तथ्य यहाँ विना अहङ्कार प्रस्तुत गरिएको छ । नेतृत्व अनुभवहीन हुँदा पर्ने अप्ठ्यारोको स्वभाविक स्वीकारोक्ति यस पुस्तकमा रहेको छ । पहिलो प्रधानमन्त्री कालको १४ ओटा सम्बोधन र दोस्रो प्रधानमन्त्री कालको ४६ ओटा सम्बोधनले नेपाली राजनीतिमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) के चाहन्थ्यो र के मात्र गर्न सक्यो भन्ने सच्चाइ रहेको छ । आवश्यक पर्दा सम्झौता गर्न सक्ने र धोका हुँदा सम्झौता भङ्ग गर्न पनि अबेर नगर्ने पार्टीको पहिचान बनाएको माओवादी केन्द्रले अध्यक्ष प्रचण्डको अगुवाईमा थुप्रै राम्रा काम थालनी गरेको तथ्य तथ्याङ्क यहाँ लिपिबद्ध गरिएको छ । राजनीतिलाई रुढिवादी हिसाबबाट मात्र बुझ्ने र सत्ता अनि सत्ताकै पासोमा पर्ने नेताहरूको स्वभावभन्दा निरन्तरतामा क्रमभङ्गता गर्ने माओवादी र त्यस पार्टीको मूल नेतृत्व प्रचण्डले जनार्दन शर्मा, वर्षमान पुन, बाबुराम भट्टराई जस्ता ऊर्जावान् नेतालाई राम्रोसँग परिचालन गर्न नसकेको यथार्थ पनि यसभित्रको महत्त्वपूर्ण पक्ष हो । पार्टी सञ्चालनमा आएको पटक–पटकको उल्झनले नेतृत्व कता–कता कमजोर बनेको झल्को पनि यहाँ प्रस्तुत भएको छ ।

‘नयाँ युगको पदचाप’ ले नेपाली राजनीतिक परिदृश्यमा जतिसुकै जटिल अवस्था आए पनि नेतृत्व विचलित हुन नहुने विचार व्यक्त भएको छ । अध्यक्ष प्रचण्डको नेतृत्व गतिशील भएका कारण समाजको रुचि र स्थितिअनुरूप जनअपेक्षाको विषयमा ध्यान केन्द्रित गर्ने काम प्रधान ठानिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लाई बाहिर लाग्ने गरेको आरोपको सप्रमाण खण्डन यस दस्तावेज सङ्ग्रहमा भएको छ । यस दस्तावेजमा २०६५ सालको पहिलो प्रधानमन्त्री कालमा भएको लगानी बोर्डको स्थापना, मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग), कृषि तथा पशु स्वास्थ्य बिमा कार्यक्रम, औद्योगिक सुरक्षा बल स्थापना, कृषि, वन तथा पशु विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय स्थापना, कर्णाली स्वास्थ्य विज्ञान र सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको स्थापना गरेको प्रसंग पनि आएको छ । यस्तै, लोपोन्मुख सबै उमेरका साथै दलित, एकल महिला र कर्णालीका ६० वर्ष उमेर पुगेकालाई पाँच सय मासिक भत्ता, ७० वर्षमाथिका सबैलाई जीवननिर्वाह भत्ता पाँच सय प्रतिशत वृद्धि गरी पाँच सय मासिक बनाइएको, पूर्णरूपमा अशक्त र अपाङ्गलाई एक हजार रुपैयाँ र आंशिक रूपमा अशक्त र अपाङ्गलाई मासिक तीन सय रुपैयाँ जीवन निर्वाह भत्ताको व्यवस्था, राष्ट्रिय गौरवको आयोजनाको घोषणा गरी विकासमा प्राथमिकता, साना किसान र घरेलु उद्यमीहरूको ३० हजारसम्मको ऋण मिनाहाका साथै १ लाखसम्मको ऋणको पूरै ब्याज र हर्जाना मिनाहा जस्ता कार्यक्रमले हजारौं जनतालाई राहत दिने कार्य भयो ।
० यस दस्तावेजमा २०६५ सालको पहिलो प्रधानमन्त्री कालमा भएको लगानी बोर्डको स्थापना, मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग), कृषि तथा पशु स्वास्थ्य बिमा कार्यक्रम, औद्योगिक सुरक्षा बल स्थापना, कृषि, वन तथा पशु विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय स्थापना, कर्णाली स्वास्थ्य विज्ञान र सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको स्थापना गरेको प्रसंग पनि आएको छ । यस्तै, लोपोन्मुख सबै उमेरका साथै दलित, एकल महिला र कर्णाली अञ्चलका ६० वर्ष उमेर पुगेकालाई पाँच सय मासिक भत्ता, ७० वर्षमाथिका सबैलाई जीवननिर्वाह भत्ता पाँच सय प्रतिशत वृद्धि गरी पाँच सय मासिक बनाइएको, पूर्णरूपमा अशक्त र अपाङ्गलाई एक हजार रुपैयाँ र आंशिक रूपमा अशक्त र अपाङ्गलाई मासिक तीन सय रुपैयाँ जीवन निर्वाह भत्ताको व्यवस्था, राष्ट्रिय गौरवको आयोजनाको घोषणा गरी विकासमा प्राथमिकता, साना किसान र घरेलु उद्यमीहरूको ३० हजारसम्मको ऋण मिनाहाका साथै एक लाखसम्मको ऋणको पूरै ब्याज र हर्जाना मिनाहाजस्ता कार्यक्रमले हजारौं जनतालाई राहत दिने कार्य भयो ।
राजनीतिक अस्थिरता र परिवर्तनको नेतृत्व गर्ने प्रमुख राजनीतिक शक्ति नै कमजोर भएका कारण बेलामा संविधान घोषणा हुन नसक्दा डलरवादी पहिचानवादीहरूले उकास्ने र कमजोर तुल्याउने काममा लागेको विषय पनि यहाँ प्रस्तुत भएका सम्बोधनमा प्रस्तुत रहेको छ । छोटो र जटिल समयमा सकारात्मक प्रयास पर्याप्त भए पनि त्यसले संविधान निर्माणमा मूल ध्यान दिन नसक्दा र शान्ति सम्झौता र द्वन्द्वसँग सम्बन्धित विषय ओझेल पर्दा राजनीतिले अर्कै मार्ग तय गरेको विषय पनि यहाँ उल्लेख भएको छ । पहिलोचोटी सरकारको नेतृत्व गर्दा झण्डै तीन दर्जन महत्वपूर्ण काम गरेको र दोस्रोचोटी सरकारको नेतृत्व गर्दा एक सयभन्दा बढी विषयमा सुधार गर्न सक्षम भएको विषय तथ्यात्मक रूपमा प्रस्तुत गरिएको छ । पहिलो कार्यकाल आवेगी भएका कारण पनि प्रभावकारी कार्य सम्पादन गर्न नसकिएको भए पनि दोस्रो कार्यकालमा अध्यक्ष प्रचण्डले मूलतः संविधान कार्यान्वयनको पाटोमा ध्यान दिँदै विकास निर्माण र आर्थिक वृद्धिदरको पाटोमा निर्णायक काम गरेको देखिन्छ ।
दोस्रो कार्यकालमा स्थानीय निर्वाचनको वातावरण तय गर्न संविधानमा असहमत पक्षलाई समेत निर्णाइक सहमतिमा ल्याई निर्वाचन गर्न सफल भएको, द्वन्द्वमा मारिएकाको परिवारलाई ५÷५ लाखको दरले राहत दिने निर्णय, आर्थिक वृद्धिदर ६.२%, राजस्व असुलीमा सुधार, २% मा विपन्न कर्जा कार्यक्रम, लोडसेडिङको अन्त्य, भूकम्पमा परेकालाई १ लाख थप गरी तीन लाख राहत दिने निर्णय, विपद र सडक दुर्घटनामा परेकालाई हेलिकप्टरद्वारा उद्दार गर्ने नीति, चितवनको शक्तिखोरमा सुविधा सम्पन्न औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय, नेपाली सेनाको अस्पतालमा सर्वसाधारणको उपचार गर्न खुल्ला, बाथ–मुटुरोगको निःशुल्क उपचार, स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माणको कार्ययोजना, सातै प्रदेशमा १÷१ ओटा कृषि क्याम्पस, वैदेशिक रोजगारमा वीमाको व्यवस्था, ७ लाखबाट २७ लाख पु¥याउने निर्णय, रुकुमको चुनवाङदेखि रोल्पा–वागलुङ हुँदै म्याग्दी जिल्लाको बेनीसम्म गुरिल्ला ट्रेन्ज निर्माण गरी युद्ध पर्यटन प्रवद्र्धन गर्ने, भूकम्पमा अति प्रभावित १४ जिल्ला र प्रभावित १७ जिल्ला थप गरी ३३ जिल्लाका प्रभावितलाई राहत प्रदान जस्ता महत्त्वपूर्ण कार्यक्रम लागू गर्न सफल भएको सन्दर्भ यहाँ प्रस्तुत गरिएको छ ।
० पहिलोचोटी सरकारको नेतृत्व गर्दा झण्डै तीन दर्जन महत्वपूर्ण काम गरेको र दोस्रोचोटी सरकारको नेतृत्व गर्दा एक सयभन्दा बढी विषयमा सुधार गर्न सक्षम भएको विषय तथ्यात्मक रूपमा प्रस्तुत गरिएको छ । पहिलो कार्यकाल आवेगी भएका कारण पनि प्रभावकारी कार्य सम्पादन गर्न नसकिएको भए पनि दोस्रो कार्यकालमा अध्यक्ष प्रचण्डले मूलतः संविधान कार्यान्वयनको पाटोमा ध्यान दिँदै विकास निर्माण र आर्थिक वृद्धिदरको पाटोमा निर्णायक काम गरेको देखिन्छ
एउटा व्यवस्था परिवर्तन गर्ने पार्टी, हजारौं बलिदानी गरेको सङ्घर्ष र त्यसको नेतृत्व गर्ने राजनेताले आफ्नो नेतृत्वमा सरकारमा रहँदा के–कस्ता प्रयास गरेको थियो भन्ने दस्तावेजमा उल्लेख छ । ‘दश युवा एक अभियान’ जस्ता युवा लक्षित कार्यक्रम ल्याउनेदेखि स्वास्थ्य तथा जनजीविकाको क्षेत्रमा नवीन मार्ग तय गर्ने नेतृत्वलाई काम गर्ने वातावरण नहुने र प्रतिपक्षले असहयोग गर्ने जस्तो अवस्था हुँदाहुँदै पनि आफ्नो परिवारको पीडा बेवास्ता गरेर आफ्नो आस्था र सक्रियतामा सतिसाल जस्तै उभिने नेता प्रचण्डले स्थापित गरेका जनपक्षीय कार्यक्रम गणतन्त्रको संस्थागत विकास र सङ्घीयताको कार्यान्वयनको पाटो यस पुस्तकमा सपाट चर्चा पाउन सकिन्छ ।
प्रतिक्रिया