दुईदिन बिदा क्यविनेटमा अड्केको अड्कै, विप्लवलाई चुनावमा ल्याउन सुझाव

काठमाडौं । इन्धनमा भएको चर्को मुल्यबृद्धि भएपछि त्यसको खपतलाई कम गर्नका लागि सबै सरकारी तथा सार्वजनिक कार्यालयमा बिदा दिन तयार भएको प्रस्ताव क्यावेनेट बैठकबाट अझै निर्णय हुन सकेको छैन् । अर्थमन्त्री जनार्दन शर्माले पटककको क्याविनेट बैठकमा यस बिषयमा कुरा उठाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले हातले इशारा गर्दै तत्कालका लागि होल्ड गर्न निर्देशन दिएको एक मन्त्रीले बताए ।

२०५६ सालमा तत्कालीन प्रधामनन्त्री कृष्णप्रसाद भट्टराईले दुई दिन यस्तो बिदा लागु गर्दा यसको धेरै तिरबाट आलोचना भएको थिए । अहिले पनि यो बिषयमा राम्ररी जनमत बुझेर मात्र निर्णय गर्ने प्रधानमन्त्री देउवाले आफु निकटका संग बताएका छन् । बुधबार बिहानको मन्त्रीपरिषदको बैठकमापनि दुई दिन विदा र जोर बिजोर प्रणालीका बारेमा केही मन्त्रीहरुले कुरा उठाउन खोजेको थिए । तर प्रधानमन्त्री देउवाले हातले इशरा गर्दै त्यो छलफल थाँती राख्न कुनै निर्णय नभएको स्रोतले बतायो ।

यसैगरी बुधबारको मन्त्रीपरिषद्को बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई स्थानीय चुनावमा कसरी सहभागी गराउने भनेर छलफल थियो । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भाग लिने वातावरण बनाउन माग गर्दै आएको सो पार्टीका मागबारे सरकारले कुनै औपचारिक धारणा बनाएको छैन् ।

‘विप्लवको पार्टीले चुनावमा भाग लिने वातावरण बनाइदिनुपर्यो भनेर सरकारसहित विभिन्न राजनीतिक दलका नेताहरूसँग गरेको आग्रहबारे मन्त्रिपरिषद् बैठकमा छलफल भएको बैठक स्रोतले बतायो । विप्लवले उठाएका मागमा आगामी स्थानीय निर्वाचनमा ‘चुनाव चिन्ह, मतदाता नामावली, उम्मेदवार लगायतका विषयहरू छन् सो पार्टीले ती विषयमा सरकारले निर्णय गरोस् भन्दै आएको छ ।

प्रतिक्रिया