
चितवन । प्रधानमन्त्री वालेन्द्र शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गरेका छन् । प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुगेका हुन् ।
खोरसोरस्थित तालिम केन्द्रमा अहिले ९ वटा माउ र सात वटा हात्तीका छावा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा छन् ।
आइतबारदेखि सुरु भएको रास्वपाको महाधिवेशन भोलि मंगलबारसम्म चल्ने छ । उक्त महाधिवेशनका लागि देशका विभिन्न जिल्लाबाट चार हजारभन्दा बढी जनप्रतिनिधि चितवनमा भेला भएका छन् ।
प्रतिक्रिया