इन्जाद्धारा पत्रकारमाथि भएको आक्रमणको भर्त्सना

न्युर्योक । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्जा’ले समाचार रिपोर्टिङका क्रममा युक्रेनको युद्ध क्षेत्रमा कार्यरत पत्रकारहरुमाथि रुसी सेनाबाट भएको आक्रमणको भर्त्सना गरेको छ । एक हप्तामा ३ जना पत्रकारको ज्यान जानु विश्वभरका मिडिया र नागरिक समाजको लागि अतिनै दुःखद खबर भएको भन्दै इन्जाले भर्त्सना गरेको हो ।

इन्जाले रूसी सरकारलाई युक्रेनका युद्ध क्षेत्रहरूमा असाइनमेन्टमा रहेका पत्रकारहरूमाथि आक्रमण रोक्न अनुरोध गरेको छ । इन्जाले रूसको यो कार्य स्पष्ट रूपमा युद्ध अपराध भएको र प्रेस स्वतन्त्रता र प्रेसको व्यावसायिक अधिकारको हनन् हो भन्ने ठहर गरेको छ । मारिएका पत्रकारत्रय ब्रेट रेनाउड, पियर जाक्रजेव्स्की, र ओलेक्सान्ड्रा कुर्सिनोभाप्रति इन्जाले श्रद्धान्जली अर्पण गरेको छ ।

प्रतिक्रिया