फिदिम युवा संघको प्रथम वडा अधिवेशन सम्पन्न

पाँचथर । फिदिम नगरपालिका– १ र २ को राष्ट्रिय युवा संघ नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ । एमाले भातृ संगठनको अधिवेशनलाई युवा संघ नेपालका केन्द्रीय सदस्य गणेश योङहाङले उद्घाटन गरे ।

संयुक्त प्रथम अधिवेशनबाट फिदिम–१ बाट किरण योङहाङको नेतृत्वमा ३५ सदस्य कमिटी चयन गरिएको छ । अध्यक्षमा किरण योङहाङ, उपाध्यक्षमा आशिष यवा, सचिवमा विजय मल्लिक, र सहसचिवमा मनिस भट्टराई, कोषाध्यक्षमा विशाल थाम्सुहाङ लगायत कमिटि सर्वसम्मत चयन भएका छन् ।

उक्त अधिवेशनले फिदिम–२ का अध्यक्षमा देवी तुम्वापो, उपाध्यक्षमा मनोज अधिकारी, सचिवमा, लक्ष्मी बराल, सहसचिवमा डम्बर अधिकारी, कोषाध्यक्षमा झुमा हुमागाईं लगायत २९ सदस्य निर्वाचित भएका छन् ।

नवनिर्वाचित कमिटी युवाहरुलाई देश निर्माणर समाज सुधारक कार्यमा लाग्न केन्द्रीय सदस्य गणेश योङहाङले सुझाव दिए । कार्यक्रममा युवासंघ जिल्ला अध्यक्ष कमल थपलिया, एमाले वडा कमिटी अध्यक्ष सुर्य मगर लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

योङहाङले एमाले सरकार ढालेर कठपुतली गठबन्धन सरकारलाइ कटाक्ष गरेका थिए । अधिवेशनमा बोल्दै योङहाङले आगामी हुन गइरहेको निर्वाचनमा एमालेलाई विजय गराउन युवाहरु सशक्तरुपले लाग्न आग्रह गरे । प्रथम अधिवेशन नगर अध्यक्ष रितुवण तुम्वापोको अध्यक्ष तामा सम्पन्न भएको हो ।

प्रतिक्रिया