यस्ताे छ आज तपाइँको राशीफल

आज माघ ७ गते शुक्रबार २०७८ । तदनुसार जनवरी २१ तारिक २०२२ । माघ कृष्णपक्ष चर्तुर्थी तिथि, विष्टि करण, मघा नक्षत्र, सौभाग्य योग, चन्द्रमा सिंह राशिमा रहेको छ ।

आज विहान ६ः५७ मा सूर्योदय हुनेछ भने ५ बजेर ३४ मिनेटमा सूर्यास्त हुनेछ । विहान १०ः५६ देखि १२ः१६ सम्म राहुकालको समय रहेको छ । त्यसबीचको ११ः५४ देखि १२ः३६ सम्मको अवधिमा अभिजित मुहूर्तको पनि समय रहेको छ । आजको देवता ब्रह्मा र ग्रहदेव शुक्र रहेको छ ।

शुक्रबारको दिन विलासिताका सामान खरिद र मनोरञ्जनमूलक कार्यका समय खर्च गर्दा राम्रो मानिन्छ । माघ महिनामा सबैभन्दा बढी स्नानको महत्व रहेको छ । सूर्योदय हुनुभन्दा पहिले नैं स्नान गर्नु उत्तम मानिन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
रोजगारीको क्षेत्रमा तपाईलाई सफलता मिल्न सक्छ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको दर्शन गर्दा राम्रो हुनेछ । नयाँ काम शुरु गर्दा सफलता प्राप्त हुनेछ । आजको दिन तपाईको लागि शुभ दिन भएकाले नियमित काम र योजनामुताविक काम गर्दा सफलता प्राप्त हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
व्यापार ब्यबसायमा अर्थलाभ हुनसक्छ । आजको दिन ब्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ । अध्ययन अध्यापनमा निरन्तर लागिरहनु होला । कसैलाई पनि दूर्वाच्य नबोल्नु, मौन रहनु राम्रो हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा हर्ष छाउनेछ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नैं वेश हुनेछ । आफनो नियमित काम बाहेक अन्य काममा ध्यान नदिनुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आर्थिक र सामाजिक समस्याले मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । मनमा अनेक कुरा खेल्नेछन् । सरकारी काममा विध्न बाधा आएको छ भने आजको दिन शुरुवात गर्दा सफल हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ । त्यसैले आज विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्दा सफलता प्राप्त हुनेछ । कसैसँग विवाद हुने काम नगर्नुहोला । परिवारका सदस्यहरुले तपाईलाई अनावश्यक आरोप समेत लगाउनसक्नेछन । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नैं बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
तपाई कैें कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । मित्रमण्डलीले दोष लगाउन सक्नेछन् । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आज आम्दानीबाट घरमा कुमारी कन्या र महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन शुरु गरेको काम सफल हुनेछ । तपाईको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लागिरहनु होला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ तर काममा निरन्तता दिनुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ । सामाजिक सेवामा मन जानेछ । घर परिवारमा सदस्यहरुबीच सम्बन्ध राम्रो हुनेछ । कसैसँग काम विशेषबाहेक अन्य कुरा गर्दा होस गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
धनु राशि भएका जातकका लागि दिन बलियो छ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा अर्थ हानी र सोचअनुसार काम नहुँदा निराश हुनुपर्नेछ । योजना मुताविक काम हुँदैन ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
विगतमा तपाईले गरेको कामबाट मान सम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन कुमारी कन्यालाई भोजन र बस्त्र दिनु उत्तम हुनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । साना बालबालिकालाई लेख्ने, पढ्ने सामग्री दिनुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । घर बाहिरबाट आउँदा परिवारका सदस्यलाई केही खानेकुरा लिएर मात्र घर प्रवेश गर्नुभयो भने तपाईको मनमा उत्साह भरिने छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
आजको दिन मौन बस्नु, यात्रा र अनावश्यक कामबाट हानी हुनेछ । विहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । सामाजिक काममा समय खर्च हुनेछ । एकचित्त भएर आफ्नो नियमित काम मात्र गर्नुहोला । आजको दिन अर्थलाभ हुनेछ । सिर्जनात्मक कामको शुरुवात गर्नुहोला ।

प्रतिक्रिया