‘द लेडी किलर’ मा भूमि

मुम्बई । बलिउड चलचित्र ‘द लेडी किलर’ मा अभिनेत्री भूमि पेड्नेकरले अभिनय गर्ने पक्का गरेकी छन् । केही समयअघि घोषणा गरिएको यस चलचित्रमा अभिनेता अर्जुन कपुर रहने भए पनि अभिनेत्रीको को हुने भन्ने निश्चित थिएन । अजय बहलले निर्देशन गर्न लागेको यो चलचित्रमा अभिनेता अर्जुन र अभिनेत्री भूमिले पहिलोपटक पर्दामा देखिँदैछन् । भूषण कुमार र शैलेश आर सिंहले निर्माण गर्न लागेको ‘द लेडी किलर’ एक थ्रिलर चलचित्र हुने जनाइएको छ ।

अभिनेता अर्जुन र अभिनेत्री भूमिको जोडीले दर्शकमा नयाँ उत्साह पैदा गर्ने आशा निर्माण पक्षले लिएको छ । निर्देशक अजय बहलले बलिउडमा ‘सेक्सन ३७५’ र ‘बिए पास’ लगायतका चलचित्र निर्देशन गरेका छन् । उनले अभिनेत्री तापसी पन्नुको होम प्रोडक्सन चलचित्र ‘ब्लर’ को समेत निर्देशन गरिरहेका छन् ।

प्रतिक्रिया