कांग्रेस महामन्त्रीमा १५३० मत गन्दा गगन र विश्वप्रकाशको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म एक हजार ५३० मत गणना भएको छ ।

प्राप्त मतपरिणाम अनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको सुरुदेखिको अग्रता कायमै छ । सबैभन्दा बढी थापाले ९८५ मत प्राप्त गर्नुभएको छ । महामन्त्रीका अर्का प्रत्यासी शर्माले ६०३ मत ल्याएका छन् ।

त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवारहरु क्रमशः डा. प्रकाशशरण महतले ४९१, प्रदीप पौडेलले ४४७, डा. मीनेन्द्र रिजालले २५४ र डा. राजाराम कार्कीले ४७ मत प्राप्त गरेका छन् ।

महामन्त्री उम्मेदवारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको र ६ घण्टाभित्र मतपरिणाम आइसक्ने जानकारी दिए ।

कांग्रेस विधान अनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरु थापा, डा. महत, पौडेल, डा. रिजाल, डा. कार्की र शर्मा उम्मेदवार छन् ।

प्रतिक्रिया