ओलीजीको अगुवाइमा हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो : भीम रावल

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले ‘बिनामापदण्ड’ राखेको प्रस्तावमा केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र कार्यविभाजन गरिएको भन्दै एमाले नेताहरू असन्तुष्ट बनेका छन्  । पार्टीको दसौं महाधिवेशनमा ओलीसँग पराजित भएका नेता भीम रावलले पनि पार्टीमा गुटबन्दी बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । रावलले सामाजिक सञ्जालमार्फत केपी ओलीको अगुवाइमा पार्टीभित्र लामो समयदेखि चल्दै गुटबन्दीले छलाङ मारेको बताएका छन् ।

रावलले ट्विटरमा लेखेका छन्, ‘एमालेमा भरखरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो । यो देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहं तुष्टिको नमुना हो । यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ ।’

प्रतिक्रिया