एमालेमा ४४ जना केन्द्रीय सदस्य मनोनित

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीमा ४४ जनालाई मनोनयन गरेको छ । आइतबार भक्तपुरस्थित गट्ठाघरमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मनोनित गर्ने केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका थिए। प्रस्ताव गरिएको नामलाई बैठकले अनुमोदन गरेको हो ।

यससँगै एमालेमा दुर्गा प्रसाईंसहित ४४ केन्द्रीय सदस्य मनोनित भएका छन् । केन्द्रीय कमिटीमा थप्न प्रस्ताव गरिएको नामलाई लिएर असन्तुष्टि व्यक्त भएको थियो । केन्द्रीय कमिटीमा थप गर्नका लागि विशाल भट्टराई, लालबाबु पण्डित, दुर्गा प्रसाईं लगायतको नाम प्रस्ताव गरिएको थियो ।

तीमध्ये ३० जना विधानले दिएको सुविधा (दश प्रतिशत) र ९ जना एकीकरण प्रक्रियाबाट आएकाहरुको नाम प्रस्ताव गरिएको थियो । तर, छलफल बिना नै नाम प्रस्ताव गरिएको भन्दै अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट लगायतले असन्तुष्टि जनाएका थिए। तर अन्तिममा नाम अनुमोदन भएको हो ।

नामहरू

लालबाबु पण्डित

दल फडेरा
मानवीर राई
ऐन महर
चन्द्रमोहन गौचन
रतननाथ योगी
रमेश पौडेल
पदम गिरी
सूर्य पाठक
यज्ञबहादुर बोगटी
हरि घिमिरे
युवराज बास्कोटा
विशाल भट्टराई
उद्धव रेग्मी
बद्रि न्यौपाने
रुपनारायण श्रेष्ठ
प्रेम दंगाल
हरिकृष्ण व्यञ्जनकार
सुवास देवकोटा
भीम केसी
इन्दिरा गौतम
सरस्वती चौधरी
यमुना रोका
उमा कोइराला
कल्पना चापागाईं
आशा विक
नैनकला ओझा
मञ्जु गुरुङ
विमला अर्याल
इन्दिरा सञ्जेल
गीता कार्की
शान्ति अधिकारी
रुक्मिणी राना
सविता याजव
तारादेवी गुरुङ
विषमलाल अधिकारी
रेशम लामा
दुर्गा प्रसाई.
गोविन्द दुवाल
सहदेव बोटी
बालसिंह काउछा
कृष्ण केसी
चन्द्रबहादुर विश्वकर्मा

प्रतिक्रिया