कांग्रेस सुदूरपश्चिममा देउवा पक्षका वीरबहादुर बलायर विजयी

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका संस्थापन पक्षको प्यानल विजयी भएको छ । प्रदेश सभापतिमा देउवा पक्षका वीरबहादुर बलायरको प्यानलले पौडेल पक्षका नारायणदत्त मिश्रसहितको प्यानललाई पराजित गरेको हो । शनिबार भएको निर्वाचनमा जम्मा खसेको १ हजार ३ मतमध्ये प्रदेश सभापतिका लागि बलायरले ६८८ मत प्राप्त गरे । सभापतिका अर्काे उम्मेदवार पौडेल पक्षका मिश्रले २ सय ८० मत मात्रै प्राप्त गर्दै पराजित भए । उपसभापतिमा देउवा पक्षकै बलायर प्यानलबाट जनकराज चौधरी ६१० र लोकराज अवस्थीले ५३३ मत प्राप्त गरेर विजयी भएका हुन् । पौडेल पक्षका गौपालसिंह गुरूङले २८१ र मान बहादुर रावलले २६३ मत प्राप्त गरेर पराजित भए ।

यस्तै, उपसभापतिकै अर्काे उम्मेदवार हिमबहादुर रावल पनि १२१ मत प्राप्त गरेर पराजित भएका छन् । महामन्त्रीमा बलायरकै प्यानलबाट मेघराज खड्का ६३५ र नरनारायण शाह मनु ६४८ मत पाएर विजयी भएका हुन् । पौडेल पक्षका प्रताप गुर्धामीले २१४ र राम बहादुर शाहीले ३०३ मत प्राप्त गरेर पराजित भए । सहमहामन्त्रीमा खुलातर्फ बलायर प्यानलका चिन्तामणी भट्टले ५३३, गोपाल दत्त भट्टले ५२९ मत प्राप्त गरेर विजयी भए । पौडेल पक्षका पदमराज पन्त २५५, नरेन्द्रप्रसाद भट्टले २१२ मत प्राप्त गरेर पराजित भए । सहमहामन्त्रीका उम्मेदवार लक्ष्मण बहादुर शाहीले १६४ र हर्क बहादुर स्वारले ६८ मत प्राप्त गरे । सहमहामन्त्री महिलातर्फ बलायरकै प्यानलबाट अम्बिका कुमारी चलाउने ६८६ ल्याएर विजयी भइन् । पौडेल पक्षकी खीना भण्डारी कुँवरले भने २३२ मत मात्रै प्राप्त गरेर पराजित भएकी छिन् ।

प्रतिक्रिया