कांग्रेस वाग्मती प्रदेश सभापतिमा बानियाँलाई प्रधानको समर्थन

हेटौंडा । नेपाली कांग्रेसको वाग्मती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले इन्द्रबहादुर बानियाँलाई समथर्न गर्ने भएका छन् । हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा प्रधानले आज हुने दोस्रोचरणको निर्वाचनमा संस्थापन पक्षका बानियाँलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

शनिवार भएको निर्वाचनमा सभापतिमा बानियाँले ९९२ मत ल्याएका थिए भने संस्थापनइतर पक्षका जगदिश्वर नरसिंह केसीले ८७२ मत ल्याएका थिए । तेस्रो हुने भीमसेनदास प्रधानले १९७ मत ल्याएका थिए। पूर्व रक्षामन्त्री प्रधान सिटौला पक्षका नेता हुन् ।

कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज फेरि निर्वाचन हुँदैछ । प्रधानको समर्थन पाएसँगै बानियाँले सभापति पदमा जित्ने निश्चित भएको कांग्रेस नेताहरुले बताएका छन् ।

प्रतिक्रिया