बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ । चाँदीको भाउ पनि आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ। शुक्रबार यस्तो सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज प्रतितोला ७०० रुपैयाँले मूल्य बढेको हो ।

यस्तै तेजावी सुनको मूल्य पनि आज ६०० रुपैयाँले बढेको छ । शुक्रबार ७८ हजार २७५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर ७८ हजार ८७५ पुगेको हो । यसैगरी चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । शुक्रबार एक हजार १९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार २०० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया