‘चोखो माया’मा रोमाण्टिक मुडमा पूर्ण र बिष्णु (भिडियो )

काठमाडौं । व्यवसायी एवम् मोडल पूर्ण लम्साल आफ्नो बिल्कुलै नयाँ कोसेली ‘चोखो माया’को साथमा आएका छन् । अमेरिकामा बसेर कलाकारितामा सक्रिय लम्साल अभिनित यो पाँचौ म्युजिक भिडियो हो । रोमाण्टिक भर्सनको यस गीतमा गायिका रचना रिमाल र गायक रंजन राईको सुमधुर स्वर सुन्न सकिन्छ । रवि मल्लको शब्द रहेको यस गीतलाई नविन कार्कीले संगीतवद्द गरेका हुन् । गीतमा बिशाल निरौलाको संगीत संयोजन रहेको छ ।

अमेरिकामा छायांकन गरिएकोमा कस्मेटोलोजिस्ट र अन्तराष्ट्रिय बिजिनेसमा मास्टर्स गर्दै गरेकी बिष्णु मिश्र र पूर्ण लम्साल विचको अन्स्क्रिन रोमान्स प्रस्तुत गरिएको छ । शैलेश घलेले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया