चिलवेल ६ साता मैदान बाहिर

लण्डन । इंग्लिस क्लब चेल्सीका डिफेन्डर बेन चिलवेल कम्तीमा ६ साता मैदान बाहिर रहने पक्का भएको छ । एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) चोटका कारण उनी ६ साता मैदान बाहिर रहने क्लबले जनाएको छ । यसको अर्थ उनी यो वर्ष (२०२१) मा मैदान बाहिर रहनेछ । चिलवेलले च्याम्पियन्स लिगमा युभेन्ट्समाथि ४–० को जित निकालेको खेलको पहिलो हाफमै चोट बोक्न पुगेका थिए ।

चेल्सीका प्रशिक्षक थोमस टुचेलले चिलवेलको तत्कालै शल्यक्रिया गर्न आवश्यक नरहेको र त्यो हेर्नको लागि ६ साता लाग्ने बताएका छन् । यो अवधिमा चोट पर्याप्त रुपमा निको हुन नसके उनको शल्यक्रिया नै गर्नुपर्ने प्रशिक्षक टुचेलले बताएका छन् । बेन बाहिर छ ।’ टुचेलले भने, ‘उहाँको एसिएलको आंशिक चोट छ र तत्कालै शल्यक्रिया गरिदैन । उनी पुर्ण रुपमा फिट हुनेछन् । या शल्यक्रिया र्न गर्नुपर्ने अर्को ६ साताले नै के गर्ने भन्ने बताउनेछ ।’

टुचेलले शल्यक्रियाको सम्भावनालाई जोड दिदै मलाई अर्को ६ साताको मात्रै ख्याल रहेको र उनको शरीरको प्रतिक्रिया राम्रो भएको सकरात्मक रहेको र यसरी नै सुधार भए शल्यक्रिया आवश्यक हुनेछैन । चोट बोकेपछि चिलवेलले यस्तो फुटबलको मजा लिइरहेको क्षणमा चोट बोक्नु निराशजनक रहेको र जतिसक्दो छिटो मैदानमा फर्कने प्रयास गर्ने बताएका छन् । चिलवेलको चोट चेल्सीका लागि महत्वपुर्ण झट्का हो । किनकि चिलवेल र उनको सहयात्री रिस जेम्सको जोडी यो सिजनमा निकै जमेको छ । यि दुईबाट यो सिजनमा ८ गोल र ६ असिस्टमा समन्वय भएको छ ।

प्रतिक्रिया