पार्टीभित्रको प्रतिस्पर्धा मूल्यांकनका आधारमा हुन्छ : अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको प्रतिस्पर्धा मूल्यांकनका आधारमा हुने बताएका छन् । पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले पार्टीमा एकता मुख्य कुरा रहेको बताए ।

ओलीले भने, ‘पार्टीभित्र प्रतिस्पर्धा मूल्यांकनका आधारमा हुन्छ, अन्य दलसँग बाहिर प्रतिस्पर्धा प्रमुख हुन्छ, पार्टीभित्र एकता मुख्य कुरा हुन्छ । एकताबाट विपक्षीसँग लड्न बल प्राप्त हुन्छ, यो कुरा थाहा पाउनुपर्छ ।’

ओलीले पार्टीभित्र लोकतन्त्र भन्ने बित्तिकै विपक्षीसँग जस्तो प्रतिस्पर्धा हुन नसक्ने बताए । ‘लोकतन्त्र भन्ने बित्तिकै एउटै ढंगले प्रतिस्पर्धा गर्नु हुँदैन, पार्टीमा आन्तरिक एकताको समझदारी मुख्य हो,’ ओलीले भने ।

प्रतिक्रिया