एनसीएचएलबाट ४१ खर्ब २० अर्बको कारोवार

काठमाडौं । चालु आर्थिक बर्षको असोज मसान्त सम्म नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालन गर्दै आएका विभिन्न भुक्तानी प्रणालीमार्फत ४१ खर्ब २० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । सो कम्पनी मार्फत १ करोड ७१ लाखभन्दा बढी कारोबार प्रक्रिया र फरफारक भएको छ । गत बर्षको यही अवधिको तुलनमा अहिलेको कारोबार १ सय ७ प्रतिशत बढी हो ।

पहिलो त्रैमासमा २८ खर्ब ९ अर्ब बराबरको ४१ लाख ५३ हजारभन्दा बढी चेक कारोबार भएको छ । बैंकका शाखा तथा एनपीआइबाट आईपीएसमा गरिने कारोबार ५ खर्ब ५० अर्ब बराबरको ३२ लाख ८६ हजारभन्दा बढी भएको छ । त्यसै गरी बैंक वित्तीय संस्थाका वैकल्पिक माध्यमबाट गरिने कनेक्ट आईपीएसमा ६ खर्ब ९० अर्ब बराबरको ९७ लाख ४७ हजारभन्दा बढी कारोबारहरु भएको कम्पनीले जनाएको छ ।
एनपीआईको प्रयोग गरेर आईपीएस र कनेक्ट आईपीएसबाट गरिने कारोबारमा उल्लेख्य वृद्धि भएको छ । विद्युतीय कारोबारको प्रयोगमा भएको वृद्धिसँगै नेपाल राष्ट्र बैंकको विभिन्न मार्गनिर्देश पछि पछिल्लो समय विद्युतिय कारोबार बढ्दो क्रममा रहेको छ ।

एनसीएचएलले आफ्ना सदस्य बैंक–वित्त संस्था, पीएसओ लगायत विभिन्न संस्थाहरुलाई विद्युतीय भुक्तानीमा ल्याउन पूर्वाधारहरुको विकास र विस्तार गर्दै आएको छ । सोही क्रममा हाल उपलब्ध भएका पूर्वाधार समेतलाई पुनः प्रयोग र थप गरी एनसीएचएलले राष्ट्रिय भुक्तानी स्वीचको काम समेत अगाडि बढाएको छ ।

प्रतिक्रिया