भरुवा बन्दुक खेलाउँदा मुगुमा १० वर्षीय बालकको मृत्यु

मुगु । जिल्लाको खत्याड गाँउपालिका—१० डुमाना गाँउका एक घरभित्र राखेको भरुवा बन्दुक खेलाउँदा १० वर्षीय बालकको ज्यान गएको छ ।

खत्याड गाँउपालिका—१० डुमान गाँउका परे रावलको घरभित्र भरेर राखेको बन्दुक खेलाउँदा सोही वडाका अमरसिंह रावलका १० वर्षिया छोरा विकास रावलको ज्यान गएको हो । उनको यही कार्तिक ५ गते ज्यान गएको बताइएको छ ।

घर–आँगनको बारीमा रोपेको आलु, मकैहरू दुम्सीले सखाप बनाउन थालेपछि दुम्सी मार्नका लागि भरेर तयारीमा राखेको बन्दुक बच्चाले खेलाउन पुगेको बताइएको छ ।

घरमा कोही नभएको बेला बन्दुक धनी परे रावलका ८ वर्षीय छोरा तिर्थ रावल, सोही वडाका बिरमान रोकायाका ११ वर्षीय छोरा गोर्ख रोकाया समेतले बन्दूक खेलाउन खोज्दा पड्केर विकासको ज्यान गएको खत्याड गाँउपालिका—१० का वडा अध्यक्ष तिलक रावलले जानकारी दिए ।

उक्त घट्ना कार्तिक ५ गते दिउँसो १ बजेतिर भएको थियो । विकासको ज्यान गईसकेपछि दुई बजे तिर सुकाढी प्रहरी चौकीलाई स्थानीयले खबर गरेका थिए । अनि सुकाढी प्रहरी चौकी र ईलका प्रहरी चौकी रातापानीबाट प्रहरी घट्नास्थलमा पुगी घट्नाको मुचुल्का गरी मृतक बालकको ७ गते प्रथामिक स्वास्थ्य केन्द्र रातापानीमा पोष्टमार्टम गरेर शव परिवारलाई बुझाईएको छ ।

अवैध भरुवा बन्दुक राखेको आरोपमा प्रहरीले बन्दुक धनी परे रावललाई हतियारसहित नियन्त्रणमा लिएको छ । रावललाई अवैध हातहतियार खरखजनासम्बन्धी मुद्दामा अनुिन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया