दाङको लमहीमा टाटा सुमो दुर्घटना, ९ जना घाइते

देउखुरी । दाङको लमहीमा आज गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा १ ज ७३७ नम्बरको टाटा सुमो पौने १ बजेको समयमा लमही नगरपालिका–७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

घाइते हुनेहरुमा प्यूठानका १७ वर्षीया मिना घर्ती, १० वर्षीय बिजय घर्ती, १५ वर्षीया रबिना घर्ती, ३५ वर्षीया जिता घर्ती, २२ वर्षीया कुमारी राना, २२ वर्षीया लक्ष्मी खड्का, तीन वर्षीय आरस खड्का, ५३ वर्षीया दिलसरी राना र लमही–६ देउपुरका ३६ वर्षीय तुल्सीराम न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइतेमध्ये दिलसरी रानालाई उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको छ भने अन्य घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया