हेर्दा रमाइलो लाग्ने च्यालेन्जर

आफूलाई स्टार टेनिस खेलाडीको रूपमा विकास गरी रहेकी १८ वर्षीय टासी डुनाकनले पहिलोपटक आफ्नो सबैभन्दा मिल्ने साथी अर्का टेनिस खेलाडी पेट्रिक वेग र कलाकार डोनाल्डसनसँगको भेटमा टेनिस खेल मात्र नभएर सम्बन्धहरूको विकास पनि भएको बताउँछिन् ।

समुद्रको किनारमा बसेर छालसँग रमाइरहेको समयमा उनले टेनिस बल प्रहार गर्नु एकआपसमा प्रेममा पर्नुजस्तै हो भन्ने व्याख्या गरेकी थिइन् । यसअघि निर्देशक लुका ग्वाडग्नीनोले बनाएको रोमान्टिक हरर फिल्म बोन्स एन्ड अल पनि विवादित थियो । तसर्थ च्यालेन्जर पनि विवादमा आउने त होइन भन्ने चिन्ता पनि युनिटलाई थियो ।
त्यसपछि नै सुरु भएको फिल्मको कथामा निर्देशकले ३ मुख्य कलाकारलाई राम्रोसँग निखारेर प्रयोग गरेका छन् । सुरुमा जिस्किएर बनाएको सम्बन्धहरू पनि बिस्तारै कत्ति खतरनाक र अप्ठेरो हुन सक्छ भन्ने कुराको ज्ञान पनि च्यालेन्जरले दिएको छ । केही वर्ष बितेपछि टासी किशोरीबाट ३० बर्सिया महिलाको रूपमा देखिन्छन् । त्यसपछि घुँडामा लागेको चोटका कारण उनी खेलबाट टाढा हुन्छिन् ।

त्यसै समयमा ती कलाकार साथीले उनलाई आत्मबल दिइरहेका हुन्थे । यसरी आत्मबल दिएका कलकार आफँै पनि घाइते हुन्छन् । ती घाइते भएपछि कथाले भिन्न मोड लिन पुग्छ । ती कालकारका साथी अर्का टेनिस खेलाडी पनि बेच्न हुन्छन् । यसरी तीन जनाको जिन्दगी नै चुनौतीपूर्ण हुन्छ ।

यसरी खेलमा फर्कन खोजेकी टासी एक सामान्य खेलाडीसँग हारेकी थिइन् । मनमा रहेको बेचैनीका कारण उनको खेलमा समेत नकारात्मक प्रभाव परेको थियो । टेनिस खेल्ने क्रममा कसैलाई फिल्म दृश्य भएको कमै महसुस हुन्छ । साँच्चै व्यावसायिक खेलाडीले खेलेको झैँ भान हुन्छ । टासी लगातार फिटनेसमा ध्यान दिन थालेकी छिन् । बोन एन्ड अलमा भन्दा फरक शैलीले त्यस दृश्यमा देखाइएको छ ।

लुका गुगाग्डीनाले ३ कलाकारको नितान्त व्यक्तिगत सम्बन्धलाई एकदम राम्रोसँग प्रस्तुत गरेका छन् । १ युवतीप्रति २ किशोर आकर्षित हुँदा देखिने जलनको भवलाई पनि राम्रोसँग देखाइएको छ ।

फिल्मका नायक फेइस्टले यसअघि सन् २०२१ मा स्टेफन स्पेइलबर्गको वेस्ट साइड स्टोरीमा पनि अभिनय गरेका थिए । जोस ओ कनरको अभिनय पनि बेजोड छ । टासीको भूमिकामा रहने जेन्डायाको अभिनयलाई पनि धेरैले मन पराएका छन् । जस्टिन कुरिटजेकेसको पटकथालाई पनि धेरैले मन पराएका छन् ।

ब्रायन डु, सेन टी ह्यारिस, डार्नेल एपलिङ र जाने मास्कानेको सो चलचित्रमा अभिनय छ । फिल्मको सफलताले ३ जना नै खुसी छन् । ओ कनरको विचारमा फिल्मले नयाँ पाठ दिएको छ । हरेकले जिन्दगीमा केही गल्ती गर्छ । त्यस गल्तीबाट पाठ सिकेर अघि बढ्नु नै जीवनको सार्थकता हो । नायिकाकै विचारमा उनले निभाएको भूमिका नसुहाउँदो भए पनि समाजमा त्यस्ता घटना भइरहेका हुन्छन् । यस फिल्मको एउटा महत्त्वपूर्ण पाटो छ । खेलाडी जीवनमा कसैको साथ आवश्यक गर्दै चालिएको कदममा धोकाका महसुससमेत गरिएको छ ।

प्रतिक्रिया