संघर्षका प्रतिक यी किशोरी

लन्डन । २६ वर्षीय मलाला यसाउफजी नोबेल पुरस्कार इतिहासको कीर्तिमान धारी विजेता । सन् २०१४ मा १७ वर्षको उमेरमा शान्ति तर्फको नोबेल पुरस्कार पाउँदै उनले कम उमेरमै यो सफलता पाउने कीर्तिमान कायम गरेकी हुन् । त्यसपछि नै यसाउफजी धेरैका लागि प्रेरणाको स्रोत बनेकी थिइन् ।

मलालाको जन्म १२ जुलाई १९९७ मा भएको हो । सन् २००८ मा तालिवान प्रभावित क्षेत्रमा पठनपाठन अफ्ठेरो भएका कारण उनी भागेकी थिइन् । सन् २०१२ मा उनलाई छात्रा पठनपाठनको आवाज उठाएका कारण गोली प्रहार भएको थियो । उनले त्यसपछि बर्मिङ्घममा गएर उपचार गराएकी हुन् ।

त्यसपछि नै उनको बहादुरीको कथा अझ संसारकासामु चिनिन थालेको हो । तालिवानहरूले इस्लाम बालिकालाई अध्ययन विमुख गराउन खोजेपछि यसको प्रतिकारमा रहेकी उनको १५ वर्षको उमेरमै टाउकोमा गोली लागेको थियो । यसैको उपचार गराउन बेलायत पुगेकी उनले १७ वर्षको उमेरमा २०१४ मा नोबेल शान्ति पुरस्कार पाएकी हुन् । २०२० वर्ष मलाला अक्सफोर्ड विश्वविद्यालयबाट मनोविज्ञान, राजनीति शास्त्र र अर्थशास्त्रमा ग्राजुएट भएकी हुन् ।

संसारमा धेरैका लागि चासोको पात्र रहेकी उनलाई भोग म्यागेजिनले जुन महिनाको अंकमा कभर पृष्ठमा स्थान दिएको थियो । सोही समयमा बोल्दै उनले किशोरीहरूको मुटुमै शक्ति हुने गरेको प्रतिक्रिया दिएकी थिइन् । उनले अन्य अधिकारकर्मी ग्रेटा थनबर्ग, बन्दुक विरोधी अभियन्ता एमा गोन्जालेजको पनि तारिफ गर्दै सो कुरा बताएकी थिइन् ।

संसारकै पायनियर मानिएको सो म्यागेजिनको कभर पृष्ठको उनको तस्बिर पनि अत्यन्त चर्चामा रहेको थियो । सुन्दरताको प्रतीक मानिएको उनको सो तस्बिर फोटोग्राफर निकट नाइटले लिएका थिए । यसको डिजाइन उरुग्वेकी चर्चित फेसन डिजाइनर गाब्रियला हर्टले गरेकी थिइन् । उनले सो पहिरन पास्थुन संस्कृति झल्काउने भएको बताएकी छन् । अल्पसंख्यक सुन्नी मुस्लिम समुदायसँग उनी आबद्ध रहेकी छन् । उनले मुस्लिम केटी, पास्थुन केटी या पाकिस्तानी केटीले परम्परागत पहिरन लगाउँदा पितृ सत्ताबाट दबिएको झझल्को आउने प्रतिक्रिया सोही समयमा पनि दिएकी थिइन् । भोगको त्यो तस्बिरको अर्थ पनि सुन्दर तर दबिएको झझल्को दिने खालको भएको धेरैको प्रतिक्रिया थियो ।

भोगमा उनको तस्बिर हेर्नेले पनि संसार परिवर्तनमा किशोरीको भूमिका बुझ्ने र सबैलाई प्रेरणा मिल्ने प्रतिक्रिया समयमा मलालाले दिएकी थिइन् ।

टाउकामा गोली लागेपछि चर्चाको शिखरमा पुगेकी उनले सोही समयदेखि मलाला फन्डको रूपमा गैरनाफामूलक संस्थाको स्थापन गरेकी छन् ।

आफ्नै प्रोडक्सन हाउस स्थापना गरेकी उनले एपल टिभी प्लससँग सम्झौता पनि गरेकी छन् । उनको प्रोडक्सन हाउसले बालिका शिक्षा र महिला अधिकारसम्बन्धी डकुमेन्ट्री बनाउनुका साथै एनिमेसन गर्ने, कमेडी निर्माण गर्ने र बालबालिकाका लागि मनोरञ्जनात्मक प्रस्तुति दिने गर्छ । भोगसँगको अन्तरवार्तामै उनले अधिकारका लागि संघर्ष र आफ्नो अभियानलाई ट्विटरमार्फत निरन्तरता दिइरहेको बताएकी थिइन् ।

मलालाले संसारलाई प्रभाव पार्न सक्ने युवतीको रूपमा व्याख्या गरेकी एमा गोन्जालेज त बिहीबार मात्र २२ वर्ष पुगेकी हुन् ।
उनी २०१८ मा स्टोन म्यान डग्लस हाई स्कुलमा भएको बन्दुक आक्रमणबाट मुस्किलले बचेकी थिइन् । यसपछि उनले बन्दुक नियन्त्रणसम्बन्धी वकालत सुरु गरेकी हुन् । सोही समयमा यस्ता गतिविधि रोक्न राज्य असमर्थ भएको भन्दै उनले गरेको एउटा भाषण अत्यन्त भाइरल भएको थियो । उनकै नेतृत्वमा यो बन्दुक हमलामा मारिनेको स्मृतिमा कार्यक्रम आयोजना गरिएको थियो । बन्दुक हमला ६ मिनेट लामो अन्तरालसम्म भएको कारण त्यत्ति नै समय मौन धारण पनि गरिएको थियो । सन् २०१८ मै गोन्जालेजलाई संसारका प्रभावशाली १०० जनाको सूचीमा टाइम्स म्यागेजिनले सूचीकृत गरेको थियो ।

उनीसँगै त्यो बन्दुक हमलामा बचेका डेभिड हग, ज्याकलिन कोरिन, क्यामरुन कास्की र एलेक्स विन्डले यो अभियानमा गोन्जालोजलाई साथ दिइरहेका छिन् । सो बन्दुक हमलामा उनीहरूकै कक्षामा १७ जनाको ज्यान गएको थियो ।
यसैगरी जलवायु परिवर्तनका लागि अभियान चलाएकी ग्रेटा थनबर्ग पछिल्लो केही वर्ष यता चर्चामा रहेकी छन् । ग्लास्गोमा सकिँदै गरेको जलवायु सम्मेलनमा संसारका शीर्ष नेताहरूको गतिविधि सुस्त भएको भन्दै थनबर्गको नेतृत्वमा प्रदर्शन भइरहेको छ । प्रदर्शनमा संसारमा युवाहरूको उपस्थिति रहेको छ । प्रदर्शनमा स्कुले बालकदेखि कलेजका विद्यार्थी मात्र होइन, यिनका अभिभावकसमेत आफ्ना सन्ततिको सुरक्षित भविष्यका लागि भन्दै उपस्थिति जनाइरहेका छन् । थनबर्गको नेतृत्वमा जारी यो जुलुस, सभा समारोह र वक्तव्यले संसारको ध्यान खिचेको छ ।

सन् २०१८ को राष्ट्र संघको महासभामा यी अभियन्ताले जलवायुसम्बन्धी राखेको मन्तव्यपछि थनबर्गको सर्वत्र चर्चा चुलिएको थियो ।

अबुधाबीमा रहेको न्युयोर्क युनिभर्सिटीबाट स्नातक तहको पढाइ पूरा गरेपछि समा बिन्ट सुहेलले अक्सफोर्ड विश्वविद्यालयबाट छात्रवृत्ति पाएकी थिइन् । २२ वर्षको उमेरमै उनी युवा मामलाका मिनिस्टर अफ स्टेट चयन भएकी थिइन् । सन् २०१८ मा फोब्स म्यागेजिनले उनलाई मध्यपूर्वका ३० वर्षमुनिका प्रभावशाली ३० व्यक्तित्वमा समावेश गरिसकेको थियो । उनले युवा सशक्तीकरण अभियान र युवालाई सामाजिक गतिविधिमा अझ बढी सक्रिय बनाउने काममा आफूलाई सक्रिय राखिरहिन् ।

उनले सन् २०१८ मै एक मन्तव्यमा युएईका युवाहरू र संसारका अन्य युवाहरू उस्तै क्षमता भएकाले अवसर पाएमा कुनै पनि जिम्मेवारीका लागि कामयाव भएको कुरा बताएकी थिइन् । युवा अभिनेत्री यारा सहिदी अहिले सर्वत्र चर्चामा शिखरमा छिन् । सुन्दर अनुहार र राम्रो अभिनयका लागि चर्चित यिनी पछिल्लो समय हलिउडका विभिन्न विविधताहरूका साथै शिक्षामा महिला सशक्तीकरणको मुद्दा उठाएका कारण चर्चामा रहेकी हुन् । युवा महिला सशक्तीकरण विद्यालयसँग मिलेर उनले यारा क्लबको पनि स्थापना गरिन् । यसले डिजिटलरूपमै महिलाहरू कसरी सबल हुनेलगायत अन्य सामाजिक विषयमा छलफल गराउनेछ ।

प्रतिक्रिया