एक खर्ब बढिका उद्योग दर्ता

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा एक खर्ब २२ अर्ब भन्दा बढीको उद्योग दर्ता भएको छ । उद्योग विभागले सार्वजनिक गरेको तीन महिने तथ्यांकमा स्वदेशी लगानीका उद्योग दर्ता भएका हुन । तथ्यांक अनुसार ३ महिनामा ८७ उद्योग दर्ता भएकामा सबैभन्दा धेरै लगानी उर्जामूलक क्षेत्रका १३ उद्योगमा ६६ अर्ब ६९ करोेड ९० लाख रुपैया रहेको छ । यस्तै कृषि तथा वन पैदावारमा आधारित ७ उद्योगमा एक अर्ब ३८ करोड ६० लाख, सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित २ उद्योगमा २० करोड र पूर्वाधारका एक उद्योगमा ४४ करोड रुपैया लगानी रहेको देखाइएको छ ।

त्यसैगरी उत्पादनमूलक क्षेत्रका ३८ उद्योगमा २७ अर्ब ५७ करोड ५० लाख, सेवामूलक क्षेत्रका १५ उद्योगका लागि १७ अर्ब १३ करोड ३० लाख र पर्यटन क्षेत्रका ११ उद्योगका लागि ८ अर्ब ४७ करोड ८० लाख रुपैयाँ बराबरको उद्योग दर्ता भएका छन । यो अवधिमा १ सय ७ विदेशी उद्योगमा २४ अर्ब बराबरको लगानीको प्रतिवद्धता आएको छ । तथ्यांक अनुसार ४ वटा कृषि तथा वन पैदावारमा आधारित उद्योगमा ६० करोड, एउटा उर्जामूलक क्षेत्रका उद्योगमा १० करोड ६ लाख र ४ वटा सञ्चार तथा प्रसारण प्रविधिमा आधारित उद्योगमा ३५ करोड लगानी प्रतिवद्धता आएको छ ।

उत्पादनमूलक १७ विदेशी उद्योगमा ३ अर्ब १५ करोड, सेवामूलक क्षेत्रका ३० उद्योगमा १० अर्ब २६ करोड ५० लाख र पर्यटन क्षेत्रका ५१ उद्योगका लागि ९ अर्ब ५६ करोड दश लाख बराबरको लगानी प्रतिवद्धता आएको पनि तथ्यांकमा उल्लेख छ । त्यस्तै, ३ महिनाको अवधिमा विभागमा ९ सय १० वटा ट्रेडमार्क र ५ वटा डिजाइन दर्ता भएका छन । ३ महिनाको अवधिमा ट्रेडमार्क सम्बन्धी ५४ वटा मुद्धा दर्ता भएका छन् ।

विभागले बढी प्रदूषण हुने ३ उद्योगमा बातावरण व्यवस्थापन प्रणाली (इएमएस) लागु गरि आईएसओको तयारी अवस्थामा पु¥याउने कार्यक्रम कार्यान्वयन गर्न सार्वजनिक खरिद ऐन बमोजिम पपरामर्शदाता छनौट भइ खरिद सम्झौता भइसकेको पनि जनाएको छ ।

प्रतिक्रिया