दसैँपछिकाे पहिलाे दिन नेप्से १७.५९ अंकले बढ्यो

काठमाडौं । दसैँं पछिकाे पहिलाे काराेबार दिन सेयर बजार परिसूचक नेप्सेमा दाेहाेराे अंककाे वृद्धि भएकाे छ । दसैँ बिदापछि आजबाट खुलेकाे नेप्से १७.५९ अंकले वृद्धि हुँदा २६५६.९६ अंकमा बन्द भएकाे छ । नेप्सेमा वृद्धि भएपनि काराेबार रकम भने डेढ अर्ब पनि पुगेन । नेप्सेमा आज ४७ लाख ६० हजार २९५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४९ कराेड ७३ लाख ७५ हजारकाे काराेबार भएकाे छ ।

आज नेप्सेमा म्युचुअल फन्ड उपसूचकमा ०.७५ प्रतिशत गिरावट हुँदा अरू सबै उपसूचक बढेका छन् । हाेटेल तथा पर्यटन उपसूचकमा सर्वाधिक ३.५१ प्रतिशतले वृद्धि भएकाे छ भने अन्य उपसूचक २.०६ प्रतिशतले बढेकाे छ । यस्तै, बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.३४ प्रतिशतले बढेकाे छ ।

आज नेप्सेमा काराेबार भएकाेमध्ये चन्द्रागिरि हिल्सकाे सेयरमूल्य सबैभन्दा धेरै ६.९७ प्रतिशतले वृद्धि हुँदा हिमालयन ऊर्जा विकास कम्पनीकाे सेयरमूल्य ५.०६ प्रतिशतले घटेकाे छ । यता बाेटलर्स नेपाल तराईकाे सेयरमूल्य सबैभन्दा धेरै ३.९५ प्रतिशत र कालिका लघुवित्तकाे सेयरमूल्य ३.९१ प्रतिशतले घटेकाे छ ।

आज नेप्सेमा काराेबार रकममा नबिल बैंक अगाडि रहेकाे छ । नबिल बैंककाे सबैभन्दा धेरै ८ कराेड ३२ लाख ६७ हजारकाे काराेबार हुँदा हिमालयन डिस्टिलरीकाे ७ कराेड ५३ लाख ५१ हजारकाे काराेबार भएकाे छ ।

प्रतिक्रिया