‘मोतिपुर घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग’

काठमाडौं । नेपाल बार एशोसिएसनको मानव अधिकार तथा जनसरोकार समितिले बुटवलको रुपन्देहीमा भएको घटनामा ४ जनाको मृत्यु भएको घटनाको दोषीलाई कारवाही गर्न माग गरेको छ । एक विज्ञप्ती जारी गर्दै नेपाल बार एशोसिएसनको मानव अधिकार तथा जनसरोकार समितिले सुरक्षाकर्मीको गोली लागि नागरिकको मृत्यु हुनु मानव अधिकारको उल्लंघन भएको बताएको हो । समितिले मोतिपुर घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीहरुलाई कानुनको दायरामा ल्याउन समेत माग गरेको छ।

असोज २४ गते बुटवल उपमहानगरपालिका वडा १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा स्थानीय सुकम्बासी र प्रहरीबिच झडप हुँदा प्रहरीले गोली चलाएको थियो। त्यसक्रममा चारजनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया