जिल्लाकै सर्वाधिक पुरस्कार राशिको मालिकार्जुन प्रिमियर लिग हुँदै

दार्चुला । दार्चुला जिल्लामा दोस्रो संस्करणको मालिकार्जुन प्रिमियर लिग एमपीएल क्रिकेट प्रतियोगिता कार्तिकमा आयोजना हुने भएको छ । दिपेन्द्र धामी स्मृति प्रतिष्ठानको आयोजनामा हुने एमपीएल प्रतियोगिता कार्तिक ८ गतेबाट १७ गतेसम्म हुनेछ । दार्चुला जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा महाकाली नगपालिका वडा नम्वर ९  दत्तु सकार क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा सहभागिता जनाउन कार्तिक ६ गतेसम्म दर्ता समय राखिएको छ । प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ पाउने छन् ।

यस्तै उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदवाट अनुमति प्राप्त गरिसकेको र प्रतियोगिताका उत्कृष्ट १५ जना खेलाडीहरुलाई छात्रवृति सहित खेलकुदमा अगाडि बढाउने आयोजकले जनाएको छ। प्रतियोगितामा वेष्ट बलरलाई ३ हजार ५ सय ट्रफी, वेष्ट ब्याट्सम्यान ३ हजार ५ सय ट्रफी, र उदयमान खेलाडीलाई ७ हजार ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया