‘संसदमा ‘गुरिल्ला’ अभ्यास भयो’

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसदमा ‘गुरिल्ला’ अभ्यास भएको भन्दै आक्रोश पोखेको छ । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिएको समयमा मन्तव्य राख्दै एमाले सांसद देवेन्द्र दाहालले सरकारले संसदमा ‘गुरिल्ला’ शैली अपनाएको भन्दै आक्रोश पोखे ।

सरकारले प्रमुख प्रतिपक्षीको विरोधका बीच जवरजस्ती वजेट अध्यादेश अघि बढाउँदा अर्थमन्त्री जनार्दन शर्माले मर्यादा नाघेको उनको आरोप लगाए । ‘संसदीय अभ्यासमा मर्यादा हुन्छ, बजेटको प्रतिस्थापन अध्यादेश पेस गर्नुपूर्व अर्थमन्त्रीको आसन कुनामा थियो, अझ बजेट पेस गर्न त उहाँ कुदेर नै रोष्ट्रममा पुग्नु भयो । भन्न पनि अप्ठ्यारो लागेको छ तर भन्नै पर्छ उहाँले गुरिल्ला शैली अपनाउनुभयो’, दाहालले भने ।

प्रतिक्रिया