एकीकृत समाजवादी लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी

बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशको अध्यक्षमा मेटमणि चौधरी चयन भएका छन् । बुटवलमा शुक्रबार बसेको पार्टीको पहिलो प्रदेश कमिटीको बैठकले प्रतिनिधिसभाका सदस्य समेत रहेका चौधरीलाई अध्यक्षमा चयन गरेको हो । यसअघि भागवत विश्वासीलाई पार्टी केन्द्रले प्रदेश कमिटी इञ्चार्जको जिम्मेवारी दिइसकेको छ । त्यस्तै, बैठकले प्रदेश कमिटीको सचिवमा राजु गुरूङलाई चयन गरेको छ।

केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरू प्रदेश कमिटीको सचिवालय सदस्य रहने प्रदेश अध्यक्ष चौधरीले बताए । चौधरीले केपी ओली नेतृत्वको सरकारले जनताको विश्वास गुमाइसकेकोले एमालेले चुनाव जित्न नसक्ने बताए । उनले आगामी चुनावमा नेकपा एकीकृत समाजवादी अन्य दलहरूसँग मिलेर जाने र सबभन्दा ठूलो पार्टी बन्ने दाबी समेत गरे ।

प्रतिक्रिया