काठमाडौंमै बोक्सी आरोपमा यातना

काठमाडौं । संघीय राजधानीको ठुलो भर्याङमा झारफुक गरेर बोक्सी झार्ने नाममा एक महिलालाई चरम यातना दिइएको पाइएको छ । ललितपुरको लुभु घर भएकी ३० वर्षीया महिलालाई ‘बोक्सी’ आरोपमा यातना दिने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भई ठुलो भर्याङमा धामी काम गर्ने दिपेन्द्र कुमार थिङ, ललितपुरका जितेन्द्र महर्जन, नुवाकोटका जनार्दन पाण्डे र दशनारायण महर्जन छन । भदौ २१ मा पेट दुखेपछि ३० वर्षीया महिलाले आफ्ना पति जितेन्द्र महर्जनलाई अस्पताल लान आग्रह गरेकी थिइन् । तर, उनले मामा नाता पर्ने दशनारायणसँग मिलेर पत्नीलाई धामी दिपेन्द्र कुमार थिङकहाँ लगेका थिए ।

ट्याक्सीमा हालेर धामीकहाँ लगेपछि धामीसँग मिलेर चारजनाले ‘बोक्सी चढेको’ भन्दै हात जोड्न लगाएर निलडाम हुनेगरी ति महिलालाई कुटेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए । यातना दिनेहरु बिरुद्ध काठमाडौं प्रहरीले बोक्सी आरोप कसुर सजाय ऐन अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । ट्याक्सी चालक जनार्दन पाण्डेले पनि कुटपिटमा भुमिका खेलेको अनुसन्धानमा संलग्न अधिकृतले दाबी गरेका छन् ।

प्रतिक्रिया