गृहमन्त्री खाणद्वारा प्रहरी मुख्यालयको निरीक्षण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । आज गृहमन्त्री खाणले प्रहरी मुख्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ सेक्सन, डाटा सेन्टर र केन्द्रीय प्रहरी हेल्थ डेस्कको निरीक्षण गरेका हुन् ।

सोही अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री खाणले प्रहरी र सरकार एउटै सिक्काका दुईवटा पाटा भएको चर्चा गर्दै सरकार र प्रहरीको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाई जनताको संविधानको रक्षा र पालना तथा नागरिकको जीवनरक्षाको लागि सबै गम्भीर हुनुपर्ने बताए ।

आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनीकरणको लागि गम्भीरतापूर्वक लिन उनले प्रहरीलाई निर्देशनसमेत दिए । गृहमन्त्री खाणले कोभिड–१९ संक्रमण नियन्त्रण एवम् रोकथामको लागि नेपाल प्रहरीले सञ्चालन गरेको अभियान सराहनीय रहेको बताए ।

प्रतिक्रिया