प्रहरीसँग पूर्वयुवराज पारस शाहको लफडा

काठमाडौं । पूर्वयुवराज पारस शाहले ड्यूटीमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ । हेलमेट नलगाइकन मदिराले मातेको अवस्थामा पारसलाई महाराजगन्जमा प्रहरीले पक्राउ गर्दा पारसले प्रहरीलाई नै दुर्व्यवहार गरेको भिडियो शुक्रबार साँझ सार्वजनिक भएको हो । भिडियोमा प्रहरीले पारसको हात समातेर कन्ट्रोलरमा फोन गर्दै गाडी मगाएका छन् ।

ती प्रहरीले पारस शाहले रक्सी खाएर लफडा गरेको भन्दै उनलाई पक्राउ गर्न गाडी चाहिएको भनेको भिडियोमा सुनिन्छ । तर पारसले आफू कहीँ नजाने तर त्यहीँ बस्ने भनेर प्रहरीलाई धम्की समेत दिएका थिए । साथै आफूले कहिल्यै हेलमेट नलगाउने भन्दै पक्राउ गर्न नसक्ने चेतावनी दिएको भिडियोमा सुनिन्छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार हेलमेट नलगाइ आएका शाहलाई ट्राफिक प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि जाइलागेका थिए । त्यहाँ भेला भएका केही युवाहरुले भने पारसको समर्थनमा नारा नै लगाएको भिडियोमा सुनिन्छ । एसएसपी सिंहले शाहलाई नियन्त्रणमा लिएर सम्झाएर पठाएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया