सक्षम टिम चयन गर्न प्रधानमन्त्री देउवालाई माधव नेपालकाे सुझाव

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एक्लैले जनअपेक्षित काम गर्न नसक्ने बताएका छन् । विश्व बाघ दिवसको अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘प्रधानमन्त्री एक्लैले पहल गरेर हुँदैन । सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल चाहिन्छ, समर्पित चाहिन्छ र सिर्जनात्मक चाहिने रहेछ ।’ मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई देश र जनताको काम गर्नका लागि सक्षम टिम चयन गर्न सुझाए ।

यस्तै, उनले वातावरण संरक्षणका लागि हिमाली देशहरूको छुट्टै संगठन बनाउन आवश्यक रहेको औँल्याए । बाघ संरक्षणका लागि वातावरण संरक्षण गर्न सबैलाई लाग्न आग्रहसमेत गरेका छन् । प्रकृतिको रक्षा गरे मात्रै मानव जीवनको रक्षा हुनेसमेत प्रष्टाए।

प्रतिक्रिया