एक हजार नेपाली कामदार इजरायल पठाइने, अनलाइन आवेदन दिन अनुराेध

काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकाली स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आह्वान गरेको छ । मंगलबार सूचना प्रकाशित गर्दै विभागले नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार आवेदन आह्वान गरेको हो ।

एक हजारजनाको लागि आवेदन आह्वान गरिएको छ । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र विभागको वेब पोर्टल ferms.dofe.gov.np मा गई अनलाइन आवेदन दर्ता गर्न भनिएको छ । मासिक तलब पाँच हजार ३०० एनआईएस (इजरायली मुद्रा) अर्थात् करिब एक हजार ६०० अमेरिकी डलर रहेको छ । विभिन्न योग्यता तोकिएको छ ।

प्रतिक्रिया