यूएईको बाढीमा परेर एक नेपालीको मृत्यु, भिजिट भिसामा पुगेका थिए यूएई

काठमाडौं । युनाईटेड अरब इमिरेट्स (यूएई) को बाढीमा परेर एक जना नेपालीको मृत्यु भएको छ । केही दिन अघिबाट यूएईमा आएको हालसम्मकै ठूलो बाढीमा परेर भरतपुरका मोहन पुनको मृत्यु भएको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

बाढीबाट मृत्यु भएका पुन भिजिट भिसामा यूएई पुगेको बताइएको छ । यूएईको शारजाहबाट अजमान जाने बाटोमा रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको हो । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारी प्राप्त भएको दूतावासले उल्लेख गरेको छ ।

यूएईमा केही दिनदेखि परेको भारी वर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण यूएईका सरकारी कार्यालय बन्द रहेको दूतावासले जनाएकोे छ । सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया