प्रतिनिधिसभा विघटन मुद्दामा दोस्रो दिनको बहस शुरू

काठमाडाैं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइअन्तर्गत दोस्रो दिनको बहस शुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा भइरहेको सुनुवाइको दोस्रो दिन शुरूमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले रिट निवेदकको पक्षबाट बहस गरिरहेका छन् ।

जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई समेत छन् । विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालको संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै बहुमत १४६ सांसदले दायर गरेको रिटमाथि सर्वाेच्चमा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया