नेपाल निवास पुगे देउवा र दाहाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाललाई भेट्न उनको निवास पुगेका छन् । नेता नेपाललाई भेट्न पहिले देउवा पुगेका थिए भने त्यसको केहीबेरपछि दाहाल पुगेका थिए । नेता नेपाललाई भेट्न महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर देउवा कोटेश्वर पुगेको स्रोतले जानकारी दियो ।

नेकपा एमालेभित्र एकताका लागि दबाब बढिरहेका बेला आफूलाई समर्थन गरेका नेता नेपाललाई भेट्न देउवा कोटेश्वर पुगेका हुन् । यसअघि नेता नेपाल पक्षका सांसदले देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने भन्दै हस्ताक्षर गरेका छन् । देउवा, दाहाल र नेपालबीच के विषयमा कुराकानी भएको भन्नेबारेमा केही बताइएको छैन ।

प्रतिक्रिया