खोलामा डुबेर फुटबल खेलाडी श्रेष्ठ बेपत्ता

धादिङ । धादिङकका फुटबल खेलाडी सुमन श्रेष्ठ आँखुखोलामा डुबेर बेपत्ता भएका छन् । नीलकण्ठ नगरपालिका– ३ का २६ वर्षिय फुटबल खेलाडी श्रेष्ठ पौडी खेल्ने क्रममा टारीबेसीस्थित आँखु खोलामा डुबेर बेपत्ता भएका हुन् ।

श्रेष्ठ आज (बुधवार) बिहान ८ बजे साथीहरुसँग पौडी खेल्न भन्दै टारीबेसी नजिकै आँखु खोलामा गएका थिए । त्यही क्रममा आँखुखोलाले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । अहिले स्थानीयहरुको सहयोगमा प्रहरीले खोजकार्य जारी राखेको छ ।

बेपत्ता श्रेष्ठ धादिङ समाजबाट बागमती प्रदेश एन्फा लिगसमेत खेलेका खेलाडी हुन् । त्यस्तै हिजो (मंगलबार) मात्रै गजुरीस्थित त्रिशुली नदीमा १ जना र ज्वालामुखी खण्ड बुढीगण्डकी नदीमा डुवेर ३ जना वेपत्ता भएका थिए ।

प्रतिक्रिया