रघुवीर महासेठ परराष्ट्रमन्त्री, शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । शुक्रबार साँझ जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउने टुंगो लागेसँगै ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन ।

नेकपा (एमाले) बाट रघुवीर महासेठ उपप्रधानमन्त्रीसहित परराष्ट्र र शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री बन्ने भएका छन् । जसमा ओली नेतृत्वको मन्त्रिपरिषद्‌मा रहेकामध्ये अब विष्णुप्रसाद पौडेल, कृष्णगोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र बसन्त नेम्वाङ मात्र दोहोरिनेछन् । सबै सबैलाई विदा गरिनेछ। जसपाबाट राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्री बन्ने भएका छन् । जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री थपिनेछन्।

प्रतिक्रिया