माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आह्वान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि आह्वान गरेपछि त्यसबारे छलफल गर्न बैठक बोलाइएको हो ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । उनका अनुसार उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठक बस्नेछ । राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आज बेलुकीको समय दिएकी छन् ।

प्रतिक्रिया