विश्व टेष्टका लागि भारतको टोली घोषणा

मुम्बई । द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) सिनियर छनोट समितिले जुनमा इंग्ल्यान्डमा हुने आइसिसी विश्व टेष्ट च्याम्पियनशिप फाइनलमा न्युजिल्यान्डसँग खेल्ने भारतको २० सदस्य टोली घोषणा गरेको छ । टेष्ट च्याम्पियनशिप फाइनल पछि भारतले इंग्ल्यान्डसँग पाँच टेष्ट सिरिज पनि खेल्ने कार्यक्रम छ ।

शुक्रबार विराट कोहलीको कप्तानीमा भारतले आफ्नो टोली घोषणा गरेको हो । विश्व टेष्ट च्याम्पियनशिप फाइनल आगमी जुन १८ देखि २२ सम्म इंग्ल्यान्डको साउथह्याप्टमा हुने छ । भारतले दुई महिना अघि घरेलु मैदानमा इंग्ल्यान्डलाई चार टेष्ट सिरिज ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । भारतको घोषणा टोलीमा स्टार अलराउन्डर हार्दिक पान्ड्या, युवा ओपनर पृथ्वी शा र स्पिनर कुलदीप यादव अटाएका छैनन् ।

ओपनर लोकेश राहुल र ऋद्धिमान शाह टोलीमा समेटे पनि फिटनेशमा निर्भर रहने जनाएको छ । पन्जाब किंग्सका कप्तान लोकेश राहुलले यसै साता एपान्डिटाइसको कारण पेटको शल्यक्रिया गरेका थिए । सनराइजर्स हैदराबादका ओपनर ऋद्धिमान शाहलाई कोरोना पोजेटिभ देखिएको थियो । न्युजिल्यान्डले भने आफ्नो टोली घोषणा गरेको छैन । भारतको टोली ः रोहित शर्मा, सुभमन गिल, मयंक अग्रवाल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिक्या रहाने (उपकप्तान), हनुमा विहारी, ऋषभ पन्त (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, वासिन्टन सुन्दर, जस्प्रित बुमराह, ईशान्त शर्मा, मोहम्मद शिराज, मोहम्मद शामी, शार्दूल ठाकुर, उमेश यादव, लोकेश राहुल (फिटनेशमा निर्भर) ऋद्धिमान शाह (फिटनेशमा निर्भर)

प्रतिक्रिया