१९ सांसद सहित संसद सचिवालयका १६० जनामा कोरोना पुष्टि

काठमाडाैं । सांसद र संसद सचिवालयका कर्मचारीसहित १६० जनामा कोरोना पुष्टि भएको छ । २२, २३ र २४ गते गरिएको १ हजार २३५ जनाको पिसिआर परीक्षणमा १६० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

२०५ जना सांसदहरु तथा कर्मचारीहरु तथा अन्य गरी १०३० जनाको कोरोना परीक्षण गरिएमध्ये १६० जनाको रिपोर्ट पोजेटिभ आएको संसद सचिवालयले जनाएको छ । १९ जना सांसदहरु र संघीय ससद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकारसहित १४१ गरी १६० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो।

प्रतिक्रिया