पाँचथर । फिदिम बजार लगायत जिल्लाका सवै ग्रामिण क्षेत्रहरुमा कोरोनारोकथाम अभियानलाइ प्रहरीले प्रभाकारी बनाउदै लगेको छ । कोरोना संक्रिमित हुनुअघि नै जिल्ला प्रहरी कार्यालयले सुरु गरेको तपाईको मास्क खोई ? अभियानले नागरीकलाइ सचेतना दिएको हो ।
पाँचथर प्रहरी प्रमुख डिएसपी दानबहादु थापाको अगुवाईमा र सिसिएमसिको सक्रियातामा सञ्चालित अभियानमा सहि तरिकाले मास्क लगाउन भनिएकोे पाइन्छ । अभियानले यात्रुवहाक गाडी र पैदल यात्रुहरु लाई मास्क लगाए नलगाएको निगरानी गरी मास्क लगाउन भनिएको छ ।
अभियान अन्र्तगत प्रहरीले देखेपछि मात्र मास्क लगाउनेहरु लाइ समेत सचेतना अभियानमा मास्क लगाउन र सहि ठाँउमा माक्स लगाउन हात हातमा माक्स बितरण गरीएको छ । कतिपयले त मास्कलाई नाकमा लगाउनु पर्नेमा, चिउडोमा लगाएर हिडनेहरुलाई प्रहरी तथा ट्राफिक प्रहरीहरुले यात्रुहरुलाई सहि ठाउमा मास्क लगाउन भन्दै सचेत गराइएको छ ।
जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ११ जना रहेको जिल्ला सिसिएमसिका संयोजक तथा सिडिओ पुन्यप्रसाद ढकालले जनाए । कोरोना संक्रमित व्यवस्थापनलाइ पनि निजि तथा सरकारी अस्पतालहरुमा वेड र अक्सिजन तैनाथ गर्न नगरपािलका र सरोकारवाहरु भएर अनुगमन पश्चात निर्देशन दिएको र २७ वटा अक्सीजन तयारी अवस्थामा रहेको सिडिओ ढकालको भनाइ छ । जिल्लाका पालिकस्तरहरुमा कोराना संक्रमितहरुलाइ व्यवस्थापनका लागि निर्देशन र तयारी अवस्था रहन सिसिएमसिको सर्कुलर गरिएको जनाइएको छ ।
प्रतिक्रिया