खोजखबर

कोरोनाबाट बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४५ वर्षीय शिक्षकको मृत्यु

सौर्य अनलाइन २०७८ वैशाख २१ गते १२:३५ मा प्रकाशित

धरान । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको मृत्यु भएको छ । उनको आज बिहान मृत्यु भएको हो ।

सप्तकोशी नगरपालिकस्थित राष्ट्रिय माविमा अध्यापनरत ४५ वर्षीय शिक्षकलाई यही १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उनी उच्च रक्तचापबाट पीडित भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलले जानकारी दिए । वैशाख महिनाको हालसम्ममा प्रतिष्ठानमा १० जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय