हँसियाले ठुँगेर श्रीमतीले गरिन श्रीमानको हत्या

काभ्रे। जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर १२ दनुवार बस्तीमा वर्ष ३५ की एक श्रीमतीले आफ्नै वर्ष ३९ का श्रीमानलाई घरेलु हतियार हसियाले ठुँगेर हत्या गरेकी छन् । पाँचखाल स्थित बालुवा प्रहरी चौकीका हवल्दार अनिलकुमार कानुका अनुसार घरेलु विषयमा विवाद हुँदा श्रीमतीले हँसियाले ठुगेको प्रारम्भिक अनुसन्धान बाट खुलेको र हत्या आरोपिलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान शुरु गरिएको कानुले बताए ।

प्रतिक्रिया